Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्भेस्टमेन्ट मेगाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

इन्भेस्टमेन्ट मेगाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेन्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा एक–एक थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर मंसिर १० गतेदेखि पुष ९ गतेसम्म लागू हुनेछ । एनआईएमबी स्मार्ट एपमा कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने बताइएको छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआईएमबी एपमा लग–इन गरी, फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिस्ट्रर गर्न आवश्यक छैन । एनआईएमबी स्मार्टमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया