Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीको सपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीको सपथ


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको यही मंसिर सात गते बिहीबार बसेको चार सय ९१ औँ सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीकोरूपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रमा पनि आबद्ध रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया