कुमारी बैंकको ‘गजबको बचत खाता’
काठमाडौं । कुमारी बैंकले गजबको बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधासहितकोे परिमार्जित बचत खाता योजना सञ्चालनमा ल्याएको हो ।
यो योजनामान्यूनतम मौज्दात एक हजार रुपैयाँ रहेको खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर सात दशमलव पाँच प्रतिशत प्रदान गर्ने बैंकले जानकारी दिएको छ । २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा पनि उपलब्ध छ। यसबाहेक निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी कुल तीन सय नौवटा शाखा, तीन सय १५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर र ६४ वटा शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया