नेसनल लाइफ इन्स्योरेन्स र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन दुई सय बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले तीन वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलब्ध गराउन सहमति भएको हो ।
एक समारोहकाबीच कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र इन्स्टिच्युटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।
समारोहमा प्राडा भगवान कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिकरूपमा देशको अन्य स्थानहरूमा समेत बाल स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको बताए ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेशप्रसाद खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवम् वातावरण संरक्षणजस्ता क्षेत्रहरूमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट निर्माणधीन बाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालनपछि नेपालका बाल बालिकाहरूले सहजरूपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया