Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’को प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’को प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस


काठमाडौं । बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’को प्रतिवेदन अर्थमन्त्री प्रकाशशरण महत समक्ष पेस गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रतिवेदन पेस गरिएको हो ।

कार्यक्रममा बैंकिङ समाचारका अध्यक्ष राजु ढुंगेलसहितको प्रतिनिधि, लाइफ इस्योरेन्स एसोसिएसनका उपाध्यक्ष एवम् नेपाल लाइफ इस्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र निर्जीवन बीमा एसोसिएसनका उपाध्यक्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवारको सहभागिता रहेको थियो । कार्यक्रममा अर्थमन्त्रीले बैंकिङ समाचारले बीमा क्षेत्रको यस्तो बृहत् कार्यक्रम नेपालमै पहिलोपटक आयोजना भएको हुँदा आयोजक टिमलाई धन्यवाद व्यक्त गरे । उनले भने ‘बीमा क्षेत्रमा अझै पनि दाबी भुक्तानीमा समस्या हुँदा आम मानिसहरूले समस्या खेप्नुपरेको छ । यस्ताखाले सम्बोधन गर्न अर्थ मन्त्रालय गम्भीर छ । सोहीअनुरूप नियामकीय निकाय बीमा प्राधिकरणलाई पनि निर्देशन गरिएको छ । साथसाथै बीमा क्षेत्रको प्रभावकारितालाई अझै उल्लेखीय बनाउन आम जनमानसमा बीमा सचेतनाको पनि आवश्यकता पर्छ । यस्ता कार्यक्रमले बीमा सचेतनामा विश्वास पुग्ने विश्वास हामीले गरेका छौँ ।’

यस्तै, प्रतिवेदन प्रस्तुत गर्दै बैंकिङ समाचारका अध्यक्ष राजु ढुंगेलले डिजिटलरूपमै भए पनि कार्यक्रममा अर्थमन्त्रीको सिधा संलग्नताले गर्दा कार्यक्रम अझै प्रभावकारी भएको बताए । उनले अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरे । बैंकिङ समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा गत भदौ १८ गते काठमाडौंस्थित सोल्टी होटलमा कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमासमा बीमाप्रतिको बुझाइ, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिति र चुनौतीलगायतका विषयहरूमा बृहत् परिसंवाद गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया