Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड)बाट बैंकिङ करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न हुनुहन्छ । निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सात वर्षको कार्यानुभव समेत रहेको छ । त्रिभुवन विश्वविद्यालयवाट एमबीए हासिल गरेका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौँ बैंकिङसम्बन्धी विशेष प्रशिक्षण लिनुभएको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

यसअघि बैंकको स्वतन्त्र सञ्चालकमा नेपाल सरकारका पूर्वसचिवद्वय बालकृष्ण प्रसाईं तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरू सुदेश खालिङ तथा अनिल ज्ञवालीले समेत योगदान गर्नुभएको थियो । अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ जग थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया