Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको साधारणसभा पुस १२ गते

नबिल बैंकको साधारणसभा पुस १२ गते


काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारणसभा यही पुस १२ गते हुने भएको छ । यसअघि बैंकले यही पुस १३ गते वार्षिक साधारणसभा गर्ने मिति घोषणा गरेको थियो । तर बैंकले पछिल्लो पटक सूचना जारी गर्दै साधारणसभाको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरी पुस १२ गते वार्षिक साधारणसभा गर्ने जानकारी दिएको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने दुई अर्ब ९७ करोड ६२ लाख ८९ हजार छ ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक बैंकको नियमावलीका नियमहरू संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी पनि बैंकले गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही मंसिर २९ गते एकदिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया