हिमचुली आमा समूहलाई रिलायन्स फाइनान्सको सहयोग
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको चौधौं वार्षिकोत्सवको ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत हिमचुली आमा समूह फेदीखोलालाई किचन सामग्री तथा डस्टबिन वितरण गरेको छ । महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमको आयोजना गरी फाइनान्सले यस्तो सहयोग गरेको हो । कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ४ का वडा सदस्य हेमन्तराज र पोखरा शाखाका प्रमुख प्रकाश पौडेललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
एक कार्यक्रमका बीच पोखरा शाखाका प्रबन्धक प्रकाश पौडेलले समूहकी अध्यक्ष शान्तिदेवी पौडेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा प्रमुखले फाइनान्सद्वारा सञ्चालित कार्यक्रमहरू केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको र निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरूलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति हेमन्तराज पौडेलले स्थानीय महिला दिदीबहिनीलाई सशक्तीकणसम्बन्धी कार्यक्रम गराई दिएकोमा गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिनुका साथै आगामी दिनमा यस्ता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा प्राथमिकता साथ सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा फाइनान्सका गणेश सुवेदी तथा समूहका सदस्य लोकमाया पौडेलले, सुमित्रादेवी पौडेल, चन्दकुमारी गुरुङ, राममाया पौडेललगायतले आफ्नो विचार राखेका थिए ।
नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी कामनपा १ कमलादीमा आफ्नै भवनमा केन्द्रीय कार्यालयसहित देशका मुख्यमुख्य स्थानमा २१ वटा शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ । संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया