सिटिजन्स बैंकको शाखा इमाडोलमा
काठमाडौं । विगत डेढ दशकदेखि अनवरतरूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु-याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो एक सय ९० औँ शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरूको पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । यो सुविधाहरू हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ । इमाडोलमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सुविधासम्पन्न यस शाखामार्फत लकर सेवा, एटीएम सेवालगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । बैंकले सबै क्षेत्रमा गरी आफ्ना एक सय ९० वटा शाखा, एक सय ५० वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया