Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । बोलकबोलको माध्यमद्वारा आज अपराह्न २ बजेसम्म सात दिन अवधिको मौद्रिक उपकरण बिक्री गर्न लागेको हो ।

मंसिर २१ गते निष्काशन हुने यो निक्षेप संकलन उपकरण पुस ५ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन गरेको हो । खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

 


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1, #page 3

तपाईको प्रतिक्रिया