Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा पाँच करोड

ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा पाँच करोड


काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड आठ लाख दुई हजार आठ सय १२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २२ करोड २३ लाख सात हजार दुई सय ९६ रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ५५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६१ अर्ब ८० करोड ५९ लाख ४४ हजार ९७ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १२ करोड ५१ लाख ७९ हजार चार सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ३९ लाख ९१ हजार छ सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १३ करोड १५ लाख ६४ हजार दुई सय ७९ रुपैयाँ ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब १३ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५९ करोड ६३ लाख ६५ हजार आठ सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा २२ करोड २३ लाख सात हजार दुई सय ९६ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ७४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया