वेस्टर्न युनियनको दशैं योजनाको विजेता सार्वजनिक
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दशैं लक्षित ’दशैंमा १० गुणा’ अभियानको विजेताको नाम सार्वजनिक गरेका छन् । उक्त अभियान विजेता होमादेवी पाण्डे भएकी कम्पनीले जानकारी दिएको छ ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूका बीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । उनले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् । नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी ’दशैंमा १० गुणा’ अभियान सुरू गरेको थियो ।
बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए । नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनि ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६देखि विश्वका दुई सयभन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया