Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअध्यक्ष हमालद्वारा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन

अध्यक्ष हमालद्वारा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको बिहीबार आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बीच अध्यक्ष हमालले उद्घाटन गरेका हुन् ।

काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिकरूपमा कार्य शुभारम्भ गरेको हो । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रूपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानीकर्ताहरूमा धितोपत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताका लागि शुभकामना व्यक्त गरे ।

साथै, सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष एवम् गैरआवासीय संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रूपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरूको पूर्ण परिपालना हुने गरी व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया