आफूविरुद्ध अनर्गल प्रचार भएकोभन्दै इन्भेस्टमेन्ट मेगा बैंकको आपत्ति
काठमाडौं । नेपाल इन्भेस्मेन्ट मेगा बैंक लिमिटेडले बैंकको बारेमा भएको अर्नगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले पछिल्ला दिनहरूमा लगातार बैंकको गरिमामा आँच पुग्ने गरी अर्नगल प्रचार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘हालैका दिनहरूमा विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग गरी यस बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणी श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको तर्फबाट श्री राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नका लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट बञ्चित गरिएको, बैंकले ब्यवसाय नै बन्द गराएको जस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाइको भनी बैंकविरुद्व प्रचारबाजी गर्दै, बैंकको कर्मचारीलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमा नै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानि गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरी देशको अत्यावश्यकीय सेवाअन्तर्गत राखेको बैैंकिङ सेवा प्रवाहमा नै अवरोध पु¥याउने जस्ता कार्य गरेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।’
यस्तो छ सो घटनामा बैंकले दिएको स्पष्टीकरण :
श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालीन मेगा बैंक नेपाल लिमिटेड)बाट विभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने सर्तबमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भइसकेको छ भने बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुँदा कर्जा स्वीकृत गर्दाको सर्तहरू मुताबिक प्रवाह नभएको हो ।
ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरी चार महिनासम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरू बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न सुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छ । स्वीकृत गरेअनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको दुईवटा कम्पनीमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको र फनपार्क प्रालिको हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्टरूपमा उल्लेखित भएअनुसार ऋणीलाई आंशिकरूपमा कर्जा प्रवाह भइसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभएपश्चात प्रवाह हुन नसकेको हो । श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैंकको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिबमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यविधिमा उल्लेखित व्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकमबाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तानी गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने व्यवस्था रहेको छ । ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुँदा सोहीबमोजिम ऋणीले उल्लेखित कार्यविधिबमोजिम ब्याज अनुदान रकमबाहेकको रकम भुक्तानी नगरेपश्चात ऋणी ब्याज अनुदान सुविधाका लागि योग्य नभएको अवस्था हो, बैंकले विज्ञप्तिमार्फत भनेको छ । ऋणीले प्रचारबाजी गरे अनुरूप बैंकले स्वीकृत गरेअनुसारको कर्जा प्रवाह नहुँदा व्यवसाय बन्द भएको भन्ने आरोपको सम्बन्धमा श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत भएअनुरूप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भइसकेको छ । बैंकको प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको छ भने ऋणी खराब कर्जाअन्तर्गत समेत वर्गीकरण भइसकेको छ । त्यति हुँदाहुँदै व्यवसाय सञ्चालनमा नरहेको तथा निर्माण भएका संरचनाहरू समेत जीर्ण हुन लागिसकेको श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिलाई पुनरुत्थान गर्ने उद्देश्यस्वरूप यथाशीघ्र व्यवसाय सञ्चालन गर्ने सर्तमा बैंकले हालसालै पेश्कीसहित केही कर्जा सुविधा चरणबद्धरूपमा प्रवाह हुने गरी ऋण स्वीकृति पत्र जारी गर्दा समेत ऋणीले आवश्यक कानुनी कागजातहरू पूरा नगरी अनावश्यकरूपमा सामाजिक सञ्जालमा बैंकविरुद्ध प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्नेजस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आप्mनो व्यवसायको पुनरुत्थान गर्नेभन्दा पनि अन्य स्वार्थपूर्ति गर्ने उद्देश्यले प्रेरित रहेको देखिन्छ, बैंकले भनेको छ ।
मिति २०८० मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रही ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिबद्वता भई ऋणीले समेत सहमति जनाइसकेको अवस्थाका बाबजुत ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आपूmले भनेजति कर्जा दिन दबाब दिने उद्देश्यले ऋणीले परियोजना आफ्नो योजनाअनुरूप सञ्चालन गर्न नसकेपश्चात् ऋणी आफू स्वयम्को गल्ती तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक सञ्जालमा बैंक तथा बैंकका कर्मचारीविरुद्व विभिन्न नकारात्मक अभिव्यक्ति दिने, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरूलाई गालीगलौज गर्ने, ज्यान मार्ने तथा बम पड्काइदिन्छु भनी धम्की दिने, बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने र उल्टो बैंक तथा बैंकका कर्मचारी÷पदाधिकारीको कार्यले आत्मदाह गर्नुपर्ने अवस्था आएकोजस्ता निराधार कुरा तथा कार्यहरू कानुन सम्मत नरहेको समेत यसै विज्ञप्तिमार्फत सम्पूर्णमा स्पष्ट पार्न चाहन्छौं, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया