Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ऋणपत्र निष्काशन

नबिल बैंकको ऋणपत्र निष्काशन


काठमाडौं । नबिल बैंकले ऋणपत्रको बिक्री आह्वान गरेको छ । बैंकले यही मंसिर २९ गतेबाट तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकका अनुसार परिपक्व हुने अवधि सात वर्ष कायम भई नौ प्रतिशत ब्याजदर तोकिएको नबिल डिबेञ्चर २०८७ जारी गर्न लागिएको हो । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको बैंकले अंकित मूल्य एक हजार रुपैयाँ कायम रहने गरी ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । यही मंसिर २९ गतेबाट खुला हुने ऋणपत्रको बिक्री कार्य छिटोमा यही पुस तीन गते र ढिलोमा यही पुस १३ गते तोकिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया