एनआईसी एसिया लघुवित्तको वित्तीय साक्षरता
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले १४ गते बिहीबारदेखि यता सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले दर्जन बढी विद्यालयहरूका तीन सय बढी विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको संस्थाको भनाइ छ ।
वित्तीय सेवा र पहुँचको अवसरबाट बञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनभिज्ञ विद्यार्थी भाइबहिनीहरूलाई केन्द्रविन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरूमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उद्देश्य यस कार्यक्रमले राखेको र आउँदा दिनहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल दुई सय ८९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया