Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकेबीएल सेक्युरिटिज सञ्चालनमा

केबीएल सेक्युरिटिज सञ्चालनमा


काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेड (सेयर ब्रोकर नं ९४) ले औपचारिकरूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कुमारी बंैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमीर प्रताप जबराणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बंैक लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् । केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया