नेफ्स्कुनमा किरणको उम्मेदवारी
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालकमा किरण बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । नेफ्स्कुनको २०८० पुस सात र आठ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ३२ औँ साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । सोही क्रममा नवमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बर्तौलाले नेफ्स्कुन सञ्चालक समिति सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विगत आठ वर्षदेखि सहकारी क्षेत्रमा आबद्ध भई सहकारी अभियानमा भूमिका निर्वाह गर्दै आएका बर्ताैलाले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या सतहीरूपमा मात्र बाहिर आएको तर नीतिगतरूपमा सम्बोधन हुनुपर्ने धेरै ठाउँ रहेकाले त्यसका लागि पहलकदमी गर्ने खुड्किलोका रूपमा नेफ्स्कुनमा आफ्नो उम्मेद्वारी रहेको जानकारी गराए । सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ जारी भएपश्चात् ऐनको कार्यान्वयन पक्ष निकै फितलो रहेको र कार्यान्वयनका पक्षधरहरू सहकारी नियामक निकाय, सहकारी अभियन्ता र सम्पूर्ण सहकारीकर्मीहरूको निष्क्रियताले हालको समस्या उत्पन्न भएको हुँदा यसको समाधानका लागि सक्रिय भूमिका खेल्न आफूले नेफ्स्कुनमा उम्मेदवारी दिएको बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया