Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथस्थित प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहका बीच सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहनराज काफ्लेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षणसम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानुन तथा स्वीकृत लेखा परीक्षण मापदण्डभित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले सम्पादन गर्ने भएको छ । बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया