Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोनपेको सञ्चालक समितिको अध्यक्षमा जोशी

फोनपेको सञ्चालक समितिको अध्यक्षमा जोशी


काठमाडौं । फोनपेले आफ्नो सञ्चालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरेको छ । साथै, मङ्सिर २७ गतेका दिन उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट सपथ लिई पदभार ग्रहण गरेका छन् ।

यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध रहेका थिए । सशीन जोशी, जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरका रूपमा परिचित रहेका छन् । करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । जोशीका अनुसार, ‘फोनपेजस्तो संस्थाको अध्यक्षको रूपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने बताए ।

अध्यक्षको रूपमा आफूले फोनपे संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रूपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया