Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल फण्डको वार्षिक साधारणसभा

नेसनल फण्डको वार्षिक साधारणसभा


काठमाडौं । नेसनल फण्ड म्यानेजमेन्ट लिमिटेडले यही मंसिर २८ गते प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । होटल एल्फट, काठमाडौंमा भएको साधारणसभाले आव २०७९÷८० को मुनाफाबाट चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल फण्डले आफ्नो पहिलो इक्विटी फण्डको रूपमा नेसनल इक्विटी फण्ड–१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य सुरु गरिसकेको छ । नेसनल फण्ड विभिन्न संगठित संस्थाहरूको ७५ प्रतिशतभन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्राप्त दुई प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया