प्रभु क्यापिटलका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग सम्झौता गरेको छ । आफ्ना हितग्राही ग्राहकको लागि दुई वर्षका लागि विशेष छुट सम्झौता गरेको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरूले तिलोत्तमा नगरपालिका, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचयपत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरूबाट पनि उपलब्ध रहेको छ ।
तिलोत्तमा नगरपालिका, मणिग्राम ५, रुपन्देहीमा अवस्थित यो हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरूसहितको उत्कृष्टमध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेका छन् । हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिसलगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिनजस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो, जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई मर्चेन्ट सेवा दिने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना उत्पादन तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व बहन साथै यस्ता व्यावसायिक सम्झौतामार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया