Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभगवती हाइड्रोपावरको साधारणसभा आह्वान

भगवती हाइड्रोपावरको साधारणसभा आह्वान


काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते काठमाडौंको नयाँ बानेश्वस्थित अर्पण बैंक्वेटमा आफ्नो २३ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार सात सय रुपैँयाँमध्येबाट १० दशमलव ५२ प्रतिशतका दरले हुन आउने छ करोड दुई लाख १७ हजार तीन सय ३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही पुस पाँच गते सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया