Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

कुमारी बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग


पोखरा । कुमारी बैंकले पोखराको चापाकोटस्थित एक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं.२३ बराङ (साबिकको चापाकोट)स्थित पीपलडाली देउराली आधारभूत विद्यालयलाई बैंकले एक थान कम्प्युटर सहयोग गरेको हो ।

बैंकका अनुसार कर्म फ्लाइटस फाउन्डेसनको समन्वयमा बैंकले उक्त कम्प्युटर सहयोग गरेको हो । कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष कुमारी बैंक अमरसिंह चोक शाखाका प्रबन्धक नारायण थापा, कर्जा शाखा प्रमुख सुलभ सुवेदी, विद्यालयका पूर्व प्रधानाध्यापक भक्तबहादुर केसी लगायत सहभागी थिए ।

कार्यक्रममा पोखरा–२३ का वडासदस्य चेतबहादुर क्षेत्रीले सरकारले गर्नुपर्ने काम संघसंस्थाहरुले गरिदिएर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । बैंकका शाखा प्रबन्धक थापाले विद्यालयलाई कम्प्युटरको अत्यन्तै खाँचो भएको कुरा जानकारी पाएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर प्रदान गरिएको बताए । उनले विद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तरसहयोग गर्ने प्रतिवद्धता जनाए ।

कर्म फ्लाइट्स फाउन्डेसनका प्रेम कुँवरले २०७२ सालको महाभूकम्पमा ढलेको विद्यालय भवन पुनर्निर्माणमा संस्थाले आर्थिक सहयोग एवं साँझेदारी गरेको स्मरण गर्दै दिवाखाजा व्यवस्थापन, पुस्तकालय, शैक्षिक सामग्री प्रदानमा सहयोग गर्दै आइरहेको बताए ।

लायन्स क्लव अफ पोखरा स्काईटाउनका तृतीय उपाध्यक्ष पुष्प पराजुलीको पहलमा विद्यालयका सबै विद्यार्थीलाई ६ महिनासम्म पुग्ने स्टेसनरी सामाग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कमल पराजुलीले जानकारी दिए । विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष गणेशबहादुर भुजेलको अध्यक्षता कार्यक्रम भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया