इ–सेवा केयरको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने
काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवाले अत्याधिक रुचाइएको इ–सेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ । दैनिक एक रुपैयाँभन्दा कममा हेल्थ केयर सुविधा लिन सकिने इ–सेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो । अफरअन्तर्गत वर्षको तीन सय ६० रुपैयाँमा दुई लाख ३० हजारसम्मको कभरेज प्रदान हुने बताइएको छ । यो सेवा पुस आठ गते खरिद गरेका एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन् । इ–सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।
यस सुविधा प्रयोग गर्नका लागि इ–सेवाको मोबाइल एप्स गई इ–सेवा केयर सेवाअन्तर्गत दैनिक एक रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि तीन सय ६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् । यस प्याकेजअन्तर्गत हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट दुई लाख ३० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म र दुई लाख २० हजार रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध छ । साथै, विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशतसम्मको छुट पनि पाउने व्यवस्था गरिएको छ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नका लागि ३५ दिनभित्र हिमालयन एभरेस्ट इन्स्योरेन्स्मा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इ–सेवामार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रक्रिया सुरु गर्न सक्छन् ।
हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुईलाखभन्दा बढी ग्राहकमार्फत अप्रत्यक्षरूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया