Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदृष्टिविहीनका लागि सिटिजन्स बैंकद्वारा चितवनमा शैक्षिक सामग्री सहयोग

दृष्टिविहीनका लागि सिटिजन्स बैंकद्वारा चितवनमा शैक्षिक सामग्री सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा सहयोग प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

विद्यालयमा आज आयोजित एक समारोहकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप एक लाख रूपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट बञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउँदा धेरै ठूलो सहयोग नभए पनि साङ्केतिकरूपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्नेछ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट१६ लाख ८६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया