महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यसअन्तर्गत हेटौंडाको भुङ्ग्रो थकालीको फुड एण्ड बेभरेजमा १० प्रतिशत, काडमाडौंको न्युरोडस्थित एन्जल ज्वेर्लस प्रालिमा सुनका गहना बनाउने कार्यमा ४० प्रतिशत, भैरहवाको गाउँले चुलो खाना र खाजामा १० प्रतिशत, महराजगञ्जको अग्लिअस डायगोनोस्टिकको सबै प्रकारको ल्याब टेस्टमा १५ प्रतिशत, हेटौंडाको पल्पसा प्याराडाइज होमको फुड एण्ड बेभरेजमा १० प्रतिशत र रुमा १५ प्रतिशत, सुन्धाराको एक्सप्रेस म्याग्दी होटलको सबै सेवामा १० प्रतिशत, हेटौंडाको क्विक ट्वान्टी होटलको फुड एण्ड बेभरेजमा १० प्रतिशत र कोठामा १५ प्रतिशत र हेटौंडाकै हिमालयन स्विट एण्ड बेकरीमा पनि केही प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया