सिटिजन्स क्यापिटल र युनाइटेड मोदी हाइड्रोपावरबीच सम्झौता
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ । सो दुवै कम्पनीहरूबीच हाइड्रोपावरको साविकको सेयरधनीहरूको लागि हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडमार्फत निकट भविष्यमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारिद भएपश्चात् निष्काशन हुनेछ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडअन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी–१ जलविद्युत् आयोजना’ २०६९ मंसिरदेखि नै सञ्चालनमा आइसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया