सलिकोको पेसागत दक्षता तालिम
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशस्थित बर्दिया जिल्लामा यही पुस नौ र १० गते आयोजना गरेको कार्यक्रममा ६५ जनाभन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो ।
कम्पनीले आफ्ना कर्मचारीको पेसागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका सञ्चालक गजेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवालगायतका विषयहरूमा प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य, प्रदेश प्रमुख र विभागीय प्रमुखहरूले आ–आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमले कर्मचारीहरूमा ज्ञान र नवीन उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बजार विस्तारका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिएको देखिन्छ । बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुने तथ्यलाई मध्यनजर राखी प्रदेशस्तरका कर्मचारीलाई दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया