Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले यही मंगलबार साधारणसभा सम्पन्न गरेको हो । सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधि गर्ने गरी तीन जना सञ्चालकहरूलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ । बैंकका अनुसार यसरी निर्वाचित हुनेहरूमा विशाल ग्रुपको प्रतिनिधिको रूपमा अनुज अग्रवाल, ग्लोबल आइएमई बैंकको प्रतिनिधिको रूपमा रत्नराज बज्राचार्य र इमर्जिङ नेपालको प्रतिनिधिको रूपमा लालमणि जोशीलाई निर्विरोध निर्वाचित गरेको छ । सर्वसाधारण सेयरधनीसमूहको तर्फबाट भने प्रवीण सुवेदीलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया