सिबिफिनको वरिष्ठ उपाध्यक्षमा उपाध्याय र महासचिवमा श्रेष्ठ
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ । चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो ।
विधानबमोजिम कार्यसमितिको दुई वर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरू रिक्त भएको र यसबाट संस्थागत काम कारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनित गरेको हो । कार्यसमितिको पौष १९ गते सम्पन्न १३औँ बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मतरूपमा मनोनयन गरेको छ । विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहेका थिए ।
बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनित पदाधिकारीहरूको सपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरे । शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मानप्रतिष्ठा, गरिमा र उपलब्धिहरूलाई अक्षूण्ण राख्दै थप उचाइमा पु¥याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।
संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र ‘क’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ‘ख’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चारजना र ‘ग’ वर्गको वित्तीय संस्थाहरूको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित तीनजना पदाधिकारी तथा सदस्य रहनेछन् । नेपालमा सञ्चालित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको छाता संस्थाको रूपमा स्थापित सिबिफिनले बैंक तथा वित्तीय संस्थाका संस्थापक÷सर्वसाधारण लगानीकर्ता एवम् सरोकारवालाहरूको हकहितको संरक्षण एवम् सम्वद्र्धन गर्दै गुणस्तरीय एवम् भरपर्दो बैकिङ सेवाको विकास एवम् विस्तार गर्दै आर्थिक तथा बैंकिङ क्षेत्रमा देखापरेका समस्याहरूको समुचित निकासका लागि अध्ययन–अनुसन्धानसहित उपयुक्त नीतिगत व्यवस्था र वातावरणका लागि निरन्तररूपमा पहल गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया