Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको आर्थिक सहयोग

एनएमबी बैंकको आर्थिक सहयोग


काठमाडौं । एनएमबी बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थालाई २५ लाख रूपैयाँ सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न उक्त सहयोग गरेको जानकारी दिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र केआईओसीएचका अध्यक्ष डा भगवान कोइरालाबीच सहमतिपत्र आदनप्रदान गरिएको बैंकले जानकारी दिएको छ । यो सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्तरूपमा दर्साउने बैंकको भनाइ छ ।

बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आइरहेको छ । बैंकले हाल देशभरि फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ७१ वटा एटीएम काउन्टर र १२ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया