Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत

‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नेप्सेमा सूचीकृत


काठमाडौं । ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच १० वर्षे अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० डिबेन्चर/ऋणपत्रको कुल ३० लाख कित्ताको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

जसअनुसार क्रम संख्या एकदेखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०९/०१ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएकोे हो ।

बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया