Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक १८ औँ वर्षमा

मुक्तिनाथ विकास बैंक १८ औँ वर्षमा


काठमाडौं । मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत एक सय ३५ कर्मचारीलाई सम्मान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डा महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस्तै, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत् एक सय ६६ युनिट रगत संकलन गरेको छ । यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत् गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बालाश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ ।

साथै, बैंकका वर्तमान सञ्चालकहरू, पूर्वसञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरतराज ढकालले सधैं गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नै एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया