Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु


काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक–आपसमा गाभिई पुस २३ गते सोमबारबाट लक्ष्मी सनराइज क्यापिटलको नाममा एकीकृत कारोबार सुरु गरेका छन् । दुवै क्यापिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेका थिए । कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबारको शुभारम्भ गरेका थिए ।

विगत तीन दशकदेखि पुँजीबजारको उत्थानमा समर्पित यस मर्चेन्ट बैंकले आफ्ना समस्त ग्राहकलाई उच्चतम सेवा उपलब्ध गराउँदै आइरहेको र दुई कम्पनी गाभिएपश्चात् नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको छ । मर्जरपश्चात् राजीव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् । मर्जरपश्चात् कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरूको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवाहरूलाई अझ सुदृढ र सशक्तरूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापिटलले लिएको छ ।

मर्जरपछि मर्चेन्ट बैंकको एकीकृत चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि दुई सयभन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्काशन र ५२ वटा सेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको छ । साथै, तीन सय जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, नौवटा म्युचुअल फन्ड व्यवस्थापन गरिसकेकोमा हाल एक खुलामुखी म्युचुअल फन्डसहित सातवटा म्युचुअल फन्ड व्यवस्थापन गर्दै आइरहेको छ । जसअन्तर्गत सात अर्बको सम्पत्ति व्यवस्थापन भइरहेकोे छ । एक विशिष्टीकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी भेञ्चर क्यापिटल फन्डको रूपमा एक अर्ब रुपैयाँबराबरको लक्ष्मी सस्टेनेबल इनर्जी फन्ड सञ्चालनमा रहेको, ३२ वटा कम्पनीहरूको सेयर रजिस्ट्रारको काम गरिरहेको र तीन लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया