Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको कार्यक्रम

महालक्ष्मी विकास बैंकको कार्यक्रम


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरेको छ । बैंकको न्युरोड शाखाले हिमालय माध्यमिक विद्यालय, न्युरोडलाई एक थान प्रिन्टर प्रदान गरेको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु-याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकको भनाइ छ । न्युरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा महर्जनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । त्यसैगरी बैंकको गोंगबु शाखाले पनि काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग गरेको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । गोंगबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।

उल्लेखित कार्यक्रम सँगसँगै बैंकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई दुई थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । श्रीकृष्ण मन्दिरमा नियमितरूपमा दुई वटा हलमा भजनकीर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका थिए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिकरूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया