Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक लघुवित्तको साधारणसभा सम्पन्न

युनिक लघुवित्तको साधारणसभा सम्पन्न


काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीबाट कोहपुर बाँकेका जागेश्वरप्रसाद चौधरीलाई सर्वसम्मतिले चयन गरेको छ ।

संस्थापक सेयरधनीले राखेका जिज्ञासालाई सभाध्यक्ष शिवबहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले सहज भाषामा स्पष्ट पारेका थिए । पाँचौँ साधारणसभामा ६२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया