Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखा पुगेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । उनले बैंकिङ सेवाको पहँुचबाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहजरूपमा उपलब्ध हुने बताए ।

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले दुई सय ६२ वटा शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया