हिमालयन लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरू पारित गरेको छ ।
साधारणसभामा लघुवित्त सञ्चालक समितिका अध्यक्ष विजयमान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको बताए । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनीहरू र नियामक निकायको साथ र सहयोगको अपेक्षासहित उपस्थितप्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवाद प्रकट गरे । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यो वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै चार अर्ब ४० करोडभन्दा बढी लगानी गरेकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया