Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुहेश्वरी मर्चेन्टको साधारणसभा

गुहेश्वरी मर्चेन्टको साधारणसभा


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गुहेश्वरी भवन ललितपुरमा सम्पन्न साधारणसभामा फाइनान्स सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्षद्वारा पेस गरिएको प्रतिवेदनलाई छलफल गरी पारित गरिएको थियो ।

फाइनान्सको यही पुस २७ गतेसम्ममा कुल निक्षेप आठ अर्ब १८ करोड र कुल कर्जा लगानी छ अर्ब रहेको बताइएको छ । राष्ट्रियस्तरमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको यो फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरू र चार वटा विस्तारित काउन्टरबाट ग्राहकहरू माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कारोबार विस्तारका लागि निकट भविष्यमा विभिन्न सम्भावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया