आईसीएफसी फाइनान्सको लाभांश पारित
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले आइतबार आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाबाट आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको छ दशमलव पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टरार्ई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएका छन् । हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र २१ वटा एटीएममार्फत एक लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ सेवा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया