साना किसान विकास लघुवित्तको १५ प्रतिशत लाभांश
काठमाडौं । नेपालका ७७ वटा जिल्लामा सञ्जाल विस्तार गरी ग्रामीण अर्थतन्त्रको सुधारमा कार्य गरिरहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट चुक्ता पुँजी तीन अर्ब ३३ करोडको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ७५ प्रतिशतले हुने नगद लाभांश दुई करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख वितरणका लागि प्रस्ताव पारित गरिएको छ । बोनस सेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता सेयर रकम तीन अर्ब ८० करोड पुगेको छ ।
देशका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा सञ्जाल विस्तार गरी एक हजार छ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार आठ सय ७५ परिवारमा यस वित्तीय संस्थाको सेवा पुगेको छ । दलित ११ प्रतिशत, जनजाति ३९ प्रतिशत र अन्यको ५० प्रतिशत रहेकोमा महिला सहभागिता ७९ प्रतिशत छ । आबद्ध सहकारी संस्थाहरूले छ करोड ५८ लाख ७६ हजार पाँच सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर मिति २०८० असार २४ गतेबाट कारोबार सञ्चालन भएपश्चात् यस वित्तीय संस्थाको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ पुगेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले साना किसान लुघवित्तमार्फत सञ्चालन भएका कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुगेको बताए । उनले आर्थिक सामाजिक र सचेतनाको रूपान्तरणमा साना किसान सदैव अग्र भागमा रहेर काम गरिरहेको भन्दै सरकार र सरोकारवाला निकायसँगको सहकार्यलाई अझै बढाउँदै आर्थिक समृद्धिको बाटोमा आगडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पाठकले संस्थामार्फत प्रवाह हुने सेवालाई समय सापेक्षरूपमा परिमार्जन गर्दै जाने बताए । यसगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले अर्थतन्त्र सुधारका लागि साना किसानहरूको ठूलो योगदान रहने बताए । उनले आयत कम गर्न साना किसानलाई उद्यमसँग जोड्नुपर्ने तर्क गरे । प्रविधिको प्रयोगमार्फत साना किसानको आयआर्जन बढाउँदै युवालाई कृषि तथा पशुपालनमा आकर्षण गर्न सके मात्र देशको अर्थतन्त्र सुधार हुने उनको धारणा थियो । आर्थिक उपार्जन मात्र नभएर सचेतनाको विकासमा पनि साना किसानको योगदान स्मरणीय रहेको भन्दै उनले आगमी दिनमा किसानको हितका लागि संस्थाले विभिन्न सहुलियतपूर्ण प्याकेजका कार्यक्रम सञ्चालन गर्ने विश्वास समेत दिलाए । कार्यक्रममा देशभरबाट करिब पाँच सयभन्दा बढी साना किसान, सेयर सदस्य तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया