Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकद्वारा ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक

गरिमा विकास बैंकद्वारा ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक


काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा फाइभ इन वान बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि–आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खाताअन्तर्गत ग्राहकहरुले न्यूनतम एक हजारमा खाता खोली निःशुल्क सेवाअन्तर्गत मोबाइल बैकिङ्ग, वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ(टीएमएस) र मेरो शेयर खाता साथै लकरको सुविधामा ५० प्रतिशतसम्म छुटको सुविधा छ । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकको कुनैपनि शाखाबाट सहजै खाता खोल्न सक्नेछन् ।

बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको जनाएको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरुमा गरी हाल एक सय २३ शाखा कार्यालय, ५१ एटिएमबाट बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया