लक्ष्मी सनराइजको ‘इ–कमर्स अक्वायरिङ’ सेवा सुरु
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ’इ–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । नेप्सअन्तर्गत इ–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक रहेको दाबी पनि बैंकले गरेको छ । यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबर सोर्ससँगको सहकार्यमा विकास गरेको हो । यस सेवाको सञ्चालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरूले इ–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् । इ–कमर्स अक्वायरिङ गेटवे व्यापारीहरूका निम्ति ग्राहकमार्फत भुक्तानी लिनका लागि सजिलो मध्यम हुन सक्छ ।
उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापीरूपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्ने छन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहजरूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन् । तसर्थ, यो सुविधाले देशको इ–कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ ।
बैंकले हाल देशभर रहेका दुई सय ६३ वटा शाखा, २८ एक्सटेन्सन काउन्टर तीन सय २८ वटा एटीएम काउन्टर, एक सय ४१ शाखारहित बैंकिङ र पाँच हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया