गरिमाको ‘गजबको लगानी व्यवस्थापन सेवा’
काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरूका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना माघ १ गतेदेखि माघ मसान्तसम्म मात्र लागू हुनेछ । यो योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरूले सेवाबाट बाहिरिँदा पनि विनाकुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । क्यापिटलले यो सेवा माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरूको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्यूनतम लगानी रकम वा सेयर दश लाखको हुनुपर्नेछ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरूमार्फत वा ह्वाट्स एप, भाइबर र सोसियल मिडियाबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तबरबाट प्रवाह गर्नको निमित्त विभिन्न नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया