समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच साझेदारी भएको छ । राष्ट्रियस्तरको समृद्धि फाइनान्स र वित्तीय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन गरी यस क्षेत्रमा सेवा पुर्याइरहेको फाइनान्स फ्रेन्ड प्रालिबीच वित्तीय साक्षरता प्रशिक्षण तथा कर्मचारीलाई विकासका कार्यक्रम सञ्चालन गर्ने विषयमा आइतबार साझेदारी भएको हो ।
साझेदारी पत्रमा समृद्धि फाइनान्सको तर्फबाट नायब महाप्रबन्धक विनोदराज पौडेल र फाइनान्स फ्रेन्डका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरे । यस सहकार्यपछि फाइनान्स फ्रेन्ड प्रालिले समृद्धि फाइनान्सका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित वित्तीय तालिमका कार्यक्रमहरू उपलब्ध गराउने छ । साथै, समृद्धि फाइनान्सको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्नेछ ।
राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया