मिर्मिरे लघुवित्तको नाफा तीन करोड ४० लाख
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ४० लाख पाँच हजार चार सय २४ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ८१ लाख आठ हजार दुई सय ५६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार दुई सय ७३ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ५९ करोड ४६ लाख ७३ हजार छ सय ३७रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब २६ करोड ६४ लाख ३६ हजार नौ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ८५ लाख ५५ हजार छ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात चार दशमलव ५१ प्रतिशत रहेको छ । वितरणयोग्य नाफा एक करोड ९८ लाख ७४ हजार चार सय २६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ५३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ६१ करोड ४७ लाख १० हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब छ लाख ८१ हजार १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड सात लाख ७२ हजार छ सय ९७रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव १४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया