ललितपुरका दुई ठाउँमा इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं २५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा दुई सय ६६ वटा शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया