लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओेरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफवान सफ्टअन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ । ओेरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, ग्लोबल बेस डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ । ग्राहकहरूको बदलिँदो आवश्यकताअनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने छ ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओेरेन्ज एनएक्सटी कोशेढुङ्गा साबित हुन सक्छ । परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानान्तररूपमा विकास गर्दै, ओेरेन्ज एनएक्सटीमार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।
फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओेरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओेरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षा पूरा गर्ने उनीहरूको विश्वास छ । यस अभूतपूर्व यात्रामा आफ्नो विशिष्ट फिन टेक दक्षताको माध्यमबाट ओेरेन्ज एनएक्सटीको सेवालाई थप उचाइ दिने फोन एनएक्सटीको रणनीतिक सहभागिताको लक्ष्मी सनराइज बैंकले सह्राना गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया