ज्योति विकास बैंकको दोस्रो त्रैमासिक नाफा १० करोड १० लाख
काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड १० लाख ३४ हजार सात सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन करोड ४७ लाख ५९ हजार पाँच सय ४० रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ६० अर्ब २२ करोड ५० लाख २३ हजार १५ रुपैंैयाँ निक्षेप संकलन गरी ५० अर्ब ८० करोड ९७ लाख नौ हजार एक सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १२ करोड ४२ लाख ३१ हजार पाँच सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार एक सय २० रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब २८ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड ४२ लाख ४३ हजार छ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १५ करोड १३ लाख ९८ हजार पाँच सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो भने वितरणयोग्य नाफा ३३ करोड तीन लाख २४ हजार ३७ रुपैयाँले ऋणात्मक रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया